काठमाडौँ, २५ भदौ । बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन्। हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो।

यसअघि आधार ब्याजदर(बेस रेट) मा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार आधार ब्याजदरमा कमी आएपछि बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेलामा ऋणको ब्याजदर घटाउन सक्नेछन्। ऋणको ब्याज बढाउन भने त्रैमास (तीन महिना) कुनुपर्नेछ।

‘नयाँ व्यवस्था ब्याजदर घटाउनका लागि मात्र हो। वृद्धिका लागि होइन’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘ब्याजदर बढाउनका लागि भने बैंक तथा वित्ती संस्थाले त्रैमास कुनुपर्नेछ।’

पछिल्लो समय वित्तीय प्रणलीमा तरलता(लगानीयोग्य रकम) सहज भए पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशनले तीन महिनाअघि ब्याज घटाउन नपाइने भन्दै पुरानै (उच्च) ब्याजदर लिइरहेका छन्।, आजको कान्तिपुर दैनिकमा यो खबर  छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!