काठमाडौँ, २२ भदौ । भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

Advertisement

आज अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

उनले सीमा क्षेत्रमा प्रवासी नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्री सिंहको ध्यानाकर्षण पनि गराए ।

भारतीय गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी त्यस्तो घटना हुन नदिने विश्वास दिलाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!