बनेपा, २० भदौ । इलाका प्रहरी कार्यालय बनेपाले किशोरी बलात्कार आरोपमा स्थानीय मिठाई पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।

Advertisement

आफ्नै पसलमा काम गर्ने १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा धुलिखेल–११ घर भई बनेपा, त्रिभुवनचोकमा अरनिको हाइवे स्विट्स एन्ड चाट हाउस सञ्चालन गर्दै आएका २५ वर्षीय रामशरण हुमागाईं पक्राउ परेका हुन् ।

पीडित किशोरीले दिएको जाहेरीका आधारमा उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

‘खोटाङ घर भएकी ती किशोरीलाई बनेपा–११ स्थित उनको दिदी भिनाजुको डेरासम्म लगिदिने बहानामा हुमागाईंले आफ्नै कोठामा लगेर आइतबार राति बलात्कार गरेको पीडितले जाहेरी र बयानमा उल्लेख गरेकी छन्’, शाहले भने ।

प्रहरीका अनुसार ती किशोरी केही दिन अघिदेखि हुमागाईंकै पसलमा काम गर्दै आएकी थिइन् । ‘बनेपामा नयाँ भएकीले सधैंजसो भिनाजु आएर साथै लैजाने गरेकामा आइतबार भने हुमागाईंले पु¥याइदिउँला भनेकाले किशोरीका भिनाजु लिन आएका रहेनछन्,’ प्रहरी निरीक्षक शाहले भने, ‘स्कुटरमा लगेर कोठामा पुगेलगत्तै ढोकाको चुकुल लगाएर डरधम्की देखाई जबर्जस्ती करणी गरेका रहेछन् ।’

आइतबार राति ९ बजे बलात्कामा परेकी किशोरी त्यस दिन राति ११ बजेतिर मात्रै उनको दिदी भिनाजुको सम्पर्कमा पुगेकी प्रहरीको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!