बिनोद बिष्ट/संगालोखबर

काठमाडौं, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि काठमाडौंलाई दुलही झै सिंगारिएको छ । बिहिबार र शुक्रवार काठमाण्डौंमा बिम्स्टेक शिखर सम्मेलन हुँदैछ ।

Advertisement

सम्मेलनमा आउने ६ राष्ट्रका पाहुनाको स्वागतार्थ काठमाडौँलाई दुलही झै सिंगारिएको हो । खाल्डाखुल्डी भएका सडकलाई रातारात कालोपत्रे गरिएको छ भने अब्यवस्थित तारहरुलाई पनि ब्यवस्थापन गरिएको छ । पोलहरु भएका स्थानमा नेपालसहित ७ राष्ट्रकै झण्डा एवं बिम्स्टेक लेखिएको झण्डा राखिएको छ ।

पाहुनाको स्वागका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले ५७ वटा स्वागतद्धार बनाएका छन् । सरकारी निकाय, बैक, संस्थान, उद्योग वाणिज्य महासंघ लगायतका निकायले पनि स्वागतद्धार निर्माण गरेका छन् ।

विमानस्थलदेखि, सोल्टी होटल, रत्नपार्कदेखि राष्ट्रपति भवन, चावहिलदेखि हायात होटल, थापाथलीदेखि कुपण्डोल हुदै पाटन दरबार क्षेत्रको सडक सिगारिएको छ ।

तिनकुने क्षेत्र झनै झकिझकाउ पारिएको छ । निनकुने आसपास क्षेत्रमा नेपालका विभिन्न स्थानका मनोरम प्राकृतिक दृश्य, कलासंस्कृति, सम्पदा लगायतका तस्वीरहरु राखेर सजाईएको छ ।

थप तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु : बिनोद बिष्ट/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!