वासिङ्टन, अमेरिका, ८ भदौ । पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ ।

Advertisement

ग्रीनविच समय अनुसार विहान ९ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरुको आइबेरिया शहरको १४० किलोमिटर पश्चिममा जमिनको सतहदेखि ६०९ किलोमिटरको गहिराईमा रहेको भूयुएसजीएसले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु ग्रामिण इलाकामा रहेकोले यसबाट भएको क्षतिको विवरण समाचार तयार पार्दासम्म प्राप्त भैसकेको छैन ।

पेरुको दक्षिणी क्षेत्रमा यस पहिले सन् २००१ मा ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प र यसबाट आएको सुनामीका कारण ७४ जनाको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!