काठमाडौँ, ५ भदौ । इण्डोनेशिया जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनतर्फ नेपालकी सञ्जु चौधरीले आज तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

Advertisement

महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । यसअघि नेपालगञ्जमा भएको एशियालयी खेलकूद छनोटमा स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कूल १५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!