न्युज २४

काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्ला तहमा एकीकरणको प्रारम्भिक खाका तयार पारेको छ । नेकपा एकीकरणमा पूर्व एमाले हावी देखिएका छन् ।

Advertisement

सात प्रदेश मध्ये पाँच वटा प्रदेशमा अन्तिम खाका तयार भएको नेकपाले जनाएको छ । पाँच मध्ये कर्णाली प्रदेश बाहेक अन्यमा पूर्व एमालेके वर्चश्व रहेको छ । गण्डकी, कर्णाली तथा प्रदेश ४, ५ र ७ मा सबै कार्यदलले खाका तयार पारेका छन् ।

कार्यदलले प्रदेश र जिल्ला कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीले पाउने संख्यात्मक हिस्साको टुंगो पनि लगाएका छन् । संख्या टुंग्याएर जिल्ला नेतृत्वको सम्भावित नाम केन्द्रीय सचिवालयलाई बुझाउने अन्तिम तयारी गरेका छन् ।

प्रदेश १ को २ सय ७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २२ तथा पूर्वमाओवादीबाट ८५ जना रहने टुंगो लागेको छ । प्रदेश नम्बर २ का प्रदेश कमिटी र जिल्ला कमिटीमा ५०/५० प्रतिशतको भागवण्डा भएको छ ।

गण्डकी प्रदेशमा १ सय ८७ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमालेबाट १ सय २ र माओवादीबाट ८५ जना रहनेछन्  । प्रदेश ५ मा २ सय ३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेका १ सय ६ र माओवादीका ९७ जना रहने टुंगिएको छ ।

कर्णालीमा १७५ सदस्यीय कर्णाली प्रदेश कमिटीमा पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना रहने टुंगो लागेको छ । प्रदेश ७मा १ सय ८३ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमालेबाट १ सय र माओवादीबाट ८३ जना रहनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!