Avatar photoSangalo Khabar

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकामा आज दिउँसो बिस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष नजिकैको कोठामा ठुलो आवाजसहित विस्फोट भएको हो ।

Advertisement

बिस्फोटबाट कार्यालयको सिसा फुटेको छ । मेयर पराजुलीले प्रयोग गर्ने गरेको को.१ झ. ४९४ नम्बरको गाडीको समेत सिसा फुटेको छ । बिस्फोटपछि कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको भागाभाग भएको थियो ।

बम बिस्फोट भएको अनुमान गरिएको भएपनि कसले र किन गराएको हो भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनापछि कर्मचारीलाई बाहिर निकालेर प्रहरीले अनुसन्धान जारी राखेको छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement