इलाम। निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेकपाका थप दुई कार्यकर्तालाई प्रहरील माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देउमाई नगरपालिका–९ का ३२ वर्षीय झरेन्द्र बराल र ८ का २७ वर्षीय अटल भनिने दिलीप बराल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेकपाका तीन कार्यकर्तालाई एक साताअघि पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो ।