काठमाडौँ, १९ साउन । थ्री अन थ्री एशिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली आज श्रीलंकाको राजधानी कोलोम्बो प्रस्थान गरेको छ ।

Advertisement

प्रस्थान गर्ने पुरुष टोलीमा मविन्द्र भण्डारी (कप्तान), अजय कुशवाहा, निश्चल महर्जन र अनिश बस्नेत छन् । त्यस्तै अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छिन् । अफिसियलमा विकास शाही र सदिना श्रेष्ठ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आजै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । प्रतियोगिता यही साउन २३ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल तान डोरी संघमा पौडेल

नेपाल तान डोरी संघको दोस्रो साधारणसभाले आज भावनीप्रसाद पौडेलको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । यसैगरी संघको उपाध्यक्षमा सूर्यबहादुर भट्टराई र सुभाषश्री पोखरेल, महासचिवमा केशवराज गौतम, सचिवमा अजय रानाभाट तथा कोषाध्यक्षमा शिवभक्त सैंजु रहनुभएको छ ।

नवनिर्वाचित पदाधिकारीलाई परिषद्का सदस्य–सचिव विष्टले प्रमाणपत्र प्रदान गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!