
काठमाडौँ, १९ साउन । हाम्रो छिमेकी देश भारतमा विभिन्न प्रकारका बलात्कारका घटनाहरु सार्वजनिक हुँदै आएको छ । केही साता अघि सात महिने बालिकालाई बलात्कार गरेको आरोपमा १९ वार्षीय एक युवकलाई फाँसीको सजाय सुनाईएको थियो ।
यो घटना सार्वजनिक भएसँगै १२ वर्षीय बालिकालाई २२-२२ जनाले सामूहिक बलात्कार गरेको समाचारले पनि मिडियामा राम्रै चर्चा पाएको छ । ती बालिकालाई उनीहरुले सात महिनासम्म धम्क्याउँदै सामूहिक बलात्कार गर्दै आएका थिए ।
अहिले आएर अर्को बलात्कार घटना सार्वजनिक भएको छ । यो एक अनौठो तरिकाले बलात्कार भएको छ । जहाँ एक दम्पतीको आँखामा पट्टी लगाएर एक पूजारीले श्रीमतीलाई बलात्कार गरेका छन् ।
यो भारतको जिंदको घटना हो । त्यहाँका एक पूजारीले झार फुकको नामममा एक दम्पतीको आँखामा पट्टी बाँधिदिए, र पत्नीलाई भने बलात्कार गरे । भारतको जिंदस्थीत एक मन्दिरका पूजारी माथि राजस्थानको प्रहरीमाझ झार फुकको नाममा एक विवाहित महिलालाई बलात्कार गरेको अभियोगमा उजुरी दर्ता भएको छ ।
ती आरोपित पूजारीको खोजी कार्य भईरहेको प्रहरीले जानकारी गराएको छ । साथै सो बलात्कारीलाई खोजी गर्नकै लागि जिंद भन्ने ठाउँमा प्रहरीले डेरानै जमाएको छ । यसरी प्रहरीले डेरा जमाएको थाहा पाउनसाथ ती बलात्कारी पूजारी आफ्नो परिवारको साथमा फरार भइसकेका छन् ।















