काठमाण्डौ। साउनमा उचित तिथी मिलाएर कतिपयले घरमा तुलसी रोपे होलान् । तुलसी रोप्ने विधि एवं तौर-तरिका छन् । तुलसीलाई घरको कुन दिशातर्फ रोप्ने, कसरी रोप्ने भन्ने कुरा त धेरैलाई थाहा छ ।
वास्तवमा तुलसी रोप्नुलाई धार्मिक आस्थासँग जोडिएको छ । तुलसी मात्र होइन, राम्रो बनस्पति रोप्नु आफैमा पुण्यको काम हो । वनस्पति थरी-थरीका हुन्छन् । सबैको आ-आफ्नै गुण हुन्छन् । त्यसमध्ये प्रकृतिमा यस्ता वनस्पति छन्, जो प्राणी जगतका लागि अति उपयोगी छन् । जस्तो कि, तुलसी ।
किन घर-आँगनमा मठ बनाइएको ?
हामी देख्छौं, घरको आँगनमा मठ बनाइन्छ । लिपपोत गरिन्छ । सफा सुग्घर गरिन्छ । त्यसमाथि तुलसी रोपिन्छ ।
तुलसीलाई किन यसरी आँगनमा मठ बनाएर रोपिएको होला ? यसरी रोप्दा धर्म हुने हो ? पाप पखालिने हो ?
यी आस्थाका कुरा हुन् । तुलसीलाई घरको आँगनमा मठ बनाएर महत्वका साथ रोप्नुको पछाडि बैज्ञानिक कारण छन् । तुलसी, जसको आर्युवेदमा उच्च महत्व छ । घर आँगनमा रोप्दा यसले शोभा मात्र बाढाउँदैन, वायु शुद्धिकरण गर्नेदेखि औषधीय उपयोगसम्म गर्न सकिन्छ ।
बहुगुणी तुलसीलाई उचित संरक्षण गर्ने परम्परालाई हाम्रा पूर्खाहरुले धर्ममा जोडेका हुन् । धर्मसँग जोड्दा त्यो बढी प्रभावकारी र चीरस्थायी पनि हुने भएकाले यसो गरिएको हो । तुलसी जस्तो बनस्पति लोप नहोस् साथै हाम्रा पुस्तौं-पुस्ता सन्ततीले यसको महत्व बुझोस् भन्नका खातिर पनि यसरी रोपिएको हो ।
तुलसी सफा ठाउँमा मठ बनाएर रोप्नुको पछाडि यसको औषधिय महत्वलाई पनि दर्शाउँछ । तुलसीको पात, डाँठ हामी सोझै सेवन गर्न सक्छौं । यसरी खानेकुरालाई सफासुग्घर गरेर राख्नुपर्छ भन्ने पनि हो ।
तुलसी कुन दिशामा रोप्ने भन्ने पनि निर्धारण गरिएको छ । ससर्ती हेर्दा र सुन्दा यो आडम्बर वा वाहियात लाग्न सक्छ । तर, तुलसी यस्तो बनस्पति पनि हो, जसले वायुलाई शुद्धिकरण गर्छ । त्यही कारण वायुको बहकाव कुन दिशाबाट हुन्छ भन्ने आधारमा यसलाई रोप्ने स्थान निर्धारण गरिएको हो ।
तुलसीलाई घरको सम्मुखमा रोप्नुपर्छ । यसलाई पूर्व वा उत्तर दिशामा रोप्नु राम्रो मानिन्छ । यसरी रोप्दा त्यसले वास्तु दोषको असर कम गर्ने धार्मिक विश्वास छ ।
औषधीको रुपमा तुलसी
तुलसीको एक,दुई पात नियमित रुपमा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताइन्छ । यसको साइड इफेक्ट केही पनि छैन । नियमित रुपमा तुलसीको पात चपाउन वा पानीमा उमालेर त्यसको पानी पिउन सकिन्छ । बालबबालिकादेखि बुढाबुढी, रोगी जोकोहीलाई यसको सेवन गराउन सकिन्तछ ।
चाहे रुघाखोकमा होस् वा कफ जमेको बेला, ज्वरोमा होस् वा दाँतको रोगमा, तुलसी उपयोगी हुन्छ ।
-तुलसीको पत्ताको तेलमा यूजीनोल, मिथाइल यूजेनल र क्यारियोफिलिन पाइन्छ, जसबाट पेन्क्रियाटिक बीटा सेल्सले राम्ररी काम गर्छ । यसको कारणले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ र ब्लड सुगर पनि ठिक रहन्छ । यसले मधुमेह हुनबाट रोक्छ ।
-तुलसीमा एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण पाइन्छ । जसले स्तन क्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ ।
-किड्नीको पत्थरी हटाउनका लागि बिहान तुलसीको रसमा मह मिलाएर पिउनुस । ६ महिनासम्म यसरी पिउँदा किड्नीको पत्थरी मात्रै हट्दैन, यसबाट हुने दुखाईमा पनि आराम मिल्छ ।
-सासको दुर्गन्ध हटाउन पनि तुलसीको पत्ता सहयोगी हुन्छ । प्राकृतिक भएको कारणले यसको कुनै साइड इफेक्ट पनि हुँदैन । यदि मुखबाट गन्ध आइरहेको छ भने तुलसीको केही पत्ता चबाउनुस । तुरुन्तै गन्ध हटेर बास्ना आउन थाल्छ ।
-तुलसीको पत्ताको दुई-दुई थोपा रस १४ दिनसम्म आँखामा हाल्दा रतन्धो ठिक हुन्छ । आँखोको पहेँलोपन पनि कि हुन्छ । तुलसीको पत्ताको रस गाजल जसरी आँखामा लगाउँदा आँखाको ज्योति बढ्छ ।
-सबै प्रकारको ज्वरोलाई जरैदेखि निर्मुल गर्न तुलसी प्रभावकारी हुन्छ । २० तुलसीको पत्ता र १० वटा मरिच मिलाएर बनाएको काँडालाई पिउँदा पुरानोभन्दा पुरानो ज्वरो पनि छुमन्तर हुन्छ । पारासिटामोल र एन्टिबायोटिक्स लिनैपर्दैन ।
-कुनै पनि प्रकारको छालाको रोगलाई तुलसीले सजिलै ठिक पार्छ । तुलसी घोटेर प्रभावित ठाउँमा लगाउँदा छालाको रोग निर्मूल हुन्छ । तुलसीको पत्ताको रस रातमा अनुहारमा राम्ररी लगाउँदा डण्डीफोरबाट छुट्कारा मिल्छ ।