अफगानिस्तान, १८ साउन । अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

Advertisement

गार्डेजमा रहेको मस्जीदमा शुक्रबार लगातार भएका दुई छुट्टा छुट्टै आक्रमणमा परी कम्तीमा अन्य ७० जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार शुक्रबार दिउसो साढे एक बजेतिर मस्जीदमा प्रार्थना भइरहेका बेला घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा परी आक्रमणकारीतर्फका दुई जना पनि मारिएका छन् । प्रान्तीय स्वास्थ्य विभागका प्रमुख डा. वालायात अहमाड्जीले कम्तीमा ३५ जनाको मृत्यु र ७० जना घाइते भएको बताउनु भएको छ ।

घटनामा घाइते भएका मध्ये केहीलाई उपचारका लागि सैनिक अस्पतालमा लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
विभागीय प्रमुख अहमाड्जीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने सम्भावना छ ।

घटनापछि सुरक्षाकर्मीलाई घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएका छन् भने सुरक्षा सतर्कता पनि बढाएका छन् । विस्फोटनबाट मस्जीदमा पनि क्षति पुगेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

घटनाका बारेमा अहिले सम्म कसैले पनि जिम्मेवारी नलिएको बताइएको छ । अफगानिस्तानमा भएका यस्ता आक्रमणहरुमा विगतमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुको सम्लग्नता पाइने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!