दोलखा, १७ साउन । घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीेको पिटाइबाट श्रीमान्को मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ । मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!