काठमाण्डौ,१७ साउन । कक्षा १२ को ग्रेडबृद्दि परीक्षा यहि भाद्र १६ गते संचालन हुने भएको छ ।

क-कसले दिन पाउने :

Advertisement

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई अन्य सबै विषयमा सी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा डी ं वा कम ग्रेड प्राप्त गरेका बिद्यार्थीले यस परीक्षामा सहभागी हुन पाउने छन् ।

ग्रेडवृद्धि ९पुरक० परीक्षामा सहभागी हुने बिद्यार्थीले रु। ६०० ९छ सय मात्र० तिरेर मिति २०७५ भदौ १० सम्ममा परीक्षा बोर्डको कार्यालयमा आइपुग्ने गरि बुझाउन पर्ने छ । १० गते पछी भने १२०० ९एक हजार दुई सय मात्र० बुझाएर १२ गते सम्म फारम भर्न सकिने छ ।

परीक्षा आवेदन फारम साथ इन्टरनेटबाट डाउनलोड गरेको कक्षा १२ को ग्रेडसिटरलेजर समेत संलग्न गर्नु पर्नेछ ।

उक्त परीक्षार्थीहरूको परीक्षा मिति २०७५ भदौ १६ गते शनिबार बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा केन्द्र सम्बन्धी सूचना पछि प्रकाशित गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!