तुलसीपुर, १६ साउन । दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो ।

Advertisement

इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।

“अब पाँचवटा सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ,” उनले भने । नेपाल र भारतको सहमतिमा नेपालतर्फ बिजोर तथा भारततर्फ जोर नम्बरका सीमास्तम्भ पुनःनिर्माण गरिएको हो । नेपालले १४ वटा मुख्य तथा २१ वटा सहायक सीमास्तम्भ पुनःनिर्माण गरेको हो ।

“नेपालले अब चारवटा मुख्य र एउटा सहायक सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ,” सीमा सुरक्षाबल अर्जुनखोलाका सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहालले भने । भारतसीत जोडिएको दाङको ८३ किलोमिटर सीमामा ३७ मुख्यसहित ७७ सीमास्तम्भ रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!