इटहरी, १४ साउन । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आज इटहरी रङ्गशाला परिसरमा निर्माण सम्पन्न भएको नेपाल सितेरियो कराते खेलको तालीम भवनको संयुक्त रुपमा उद्घाटन गरे ।

Advertisement

इटहरीलाई प्रदेश एककै खेलकूद शहरका रुपमा विकास गर्ने राष्ट्रिय खेलकूद परिषद्को योजनाअनुसार झण्डै रु ५० लाखको लागतमा निर्माण भएको उक्त प्रशिक्षण भवनमा राष्ट्रिय र अन्तराष्ट्रियस्तरको कराते खेल सञ्चालन गर्न सकिनेछ ।

राखेप सदस्य सचिव विष्टले नेपालीको गौरव र पहिचान निर्माण गर्ने मुख्य माध्यम खेल भएकाले यस क्षेत्रको व्यवस्थित विकासमा प्रशिक्षण केन्द्रले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनले खेलकूदको क्षेत्रमा गरिएको लगानीले खेलाडीको व्यक्तित्व विकाससँगै राष्ट्रले गौरव प्राप्त गर्ने उल्लेख गरे ।

उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले खेलको विकासका लागि उपमहानगरपाले यथेष्ट बजेट व्यवस्था गरेको जानकारी दिए । सो अवसरमा करातेका विभिन्न खेलसमेत प्रदर्शन गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!