बीबीसी

काठमाडौँ, १० साउन । पाकिस्तानमा आमनिर्वाचनपछि जारी मतगणनामा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले शुरूवाती अग्रता लिएको देखिएको छ।

Advertisement

औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन्।

पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल-एनले चुनावमा अनियमितता भएको आरोप लगाएको छ।

सो पार्टीका नेता शहबाज शरिफले चुनावको नतिजालाई राजनीतिक र कानूनी दुवै चुनौती दिने चेतावनी दिएका छन्।

प्रतिपक्षी

सन् २०१३ को चुनाव जिते पनि शरिफको पार्टीले बहुमत ल्याउन सकेको थिएन। जानकारहरूका अनुसार यसपटक पीएमएल-एन सशक्त प्रतिपक्षीको रुपमा सीमित हुने देखिन्छ।

पीटीआईका विरोधीहरूले सो पार्टीलाई जिताउन पाकिस्तानको शक्तिशाली सेना आफैँ लागिपरेको आरोप लगाएका छन्।

आरक्षित

उनी हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीका छोरा हुन्। पाकिस्तानमा राष्ट्रिय विधायिका (न्याशनल एसेम्बली) का २७२ स्थानका लागि बुधवार मतदान भएको थियो।

त्यसमध्ये ७० स्थान महिला तथा अल्पसंख्यकहरूका लागि आरक्षित छ।

चुनावका लागि देशभरि सुरक्षा व्यवस्था कडा पारिएको भनिएका बेला क्वेटा शहरमा एउटा विस्फोट गराइँदा कम्तीमा ३० जनाको ज्यान गएको थियो।

अधिकारीहरूका अनुसार चुनावलाई मध्यनजर गर्दै देशभरि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!