काठमाडौँ, ८ साउन । सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर आज गोरखा भूकम्पको  पराकम्प गएको छ ।

Advertisement

साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि आजै बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ रेक्टर स्केलको पराकम्प गएको थियो ।

केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको परकम्प गएको थियो । त्यस्तै, गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई पाँच रेक्टरको पराकम्प गएको थियो ।

केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रेक्टर स्केल) भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०६ पटक पराकम्प गएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!