काठमाडौँ, ८ साउन । प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने माग राखेर नेपाल तरुण दलले आज पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो ।
आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए ।
नयाँ बानेश्वरमा भएको विरोधसभामा काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, ललितपुर जिल्ला सभापति मदन अमात्य तथा भक्तपुर लिल्ला सभापति दुर्लभ थापालगायतले प्रा डा केसीसँग वार्ताको पहल गर्न सरकारलाई आग्रह गरेका थिए ।