काठमाडौँ, ६ साउन । मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इण्टरनेट प्रयोग गर्नमा समस्या भएको छ ।

Advertisement

केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इण्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा समस्या आएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए ।

उनका अनुसार केही स्थानमा अहिले सो सेवामा समस्या भए पनि छिट्टै समस्या हटी सेवा पुनःसञ्चालन हुनेछ । तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इण्टरनेट जडान गरिएको थियो ।

सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशीको चाप बढी हुने भएकाले उनीहरुको सुविधालाई ध्यानमा राख्दै कामपाले यस्तो व्यवस्था गरेको हो । अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो ।

हनुमानढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएको भन्दा धेरै एमबीपीएस क्षमताको इण्टरनेट राख्नुपर्ने अवस्था आएको काफ्लेले जानकारी दिए ।

आवश्यकता हेरी अन्य स्थानमा पनि इण्टरनेट राख्ने योजना कामपाको छ । ती नागरिकले इण्टरनेट सेवा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!