काठमाडौँ, १ साउन । आर्थिक वर्ष २०७५/०७६ को पहिलो दिन मंगलबार छापावाल सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार छापावाल सुन तोलामा ५७ हजार १ सयमा कारोबार भएको थियो । तेजाबी सुन आज ५६ हजार ७०० रुपैयाँमा कारोबार हुँदा चाँदी रु ७५० मा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो ।