बीबीसी

काठमाडौँ, ३० असार ।  पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियमलाई पक्राउ गरिएको छ । यूएईको आबुधाबीबाट आएको विमानमा लाहोर पुगेका बाबुछोरीलाई विमानस्थलबाट नै नेसनल एकाउन्टीबिलिटी ब्यूरो (एनएबी)का अधिकारीले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।

Advertisement

एनएबीका अधिकारीका अनुसार शरीफले कारमा जान नमानेपछि विमानमा राखेर  शरीफ बाबुछोरीलाई विमानमा राखेर रावलपिन्डीको अडियाला जेलमा लगिएको हो । भ्रष्टाचारको मुद्धामा पूर्व प्रधानमन्त्री शरीफलाई दश र छोरी मरियमलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ,।

पाकिस्तानमा यही जुलाई २५ मा नेसनल एसेम्बलीका ३ सय ४२ सिटमा चुनाव हुँदैछ । चुनाव नजिकिँदै गर्दा पाकिस्तानका विभिन्न ठाउँमा हिंसात्मक घटना घटिरहेका छन् । नवाज शरीफ पाकिस्तान आइपुग्नुभन्दा केही पहिले मात्रै दुई अलग–अलग ठाउँमा चुनावी र्‍यालीलाई लक्षित गरी बम विस्फोट भएको गराइएको थियो ।

विस्फोटमा परि कम्तीमा पनि एक सय ३२ जनाको ज्यान गएको छ । त्यसको ठिक दुई दिन पहिले पेशावरमा भएको विस्फोलटमा परि २० जनाको ज्यान गएको थियो ।

https://www.facebook.com/bbcurdu/videos/2170041169704171/?t=0

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!