काठमाडौँ, २९ असार । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा आजदेखि शुरु भएको छ ।

Advertisement

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच गर्नुभयो ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् ।

उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले यस किसिमको प्रतियोगिताले खेलक्षेत्र र खेलाडीको स्तरोउन्नति हुने बताउनुभयो ।

प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुनेछ । यही असार ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगितामा रु ४० लाख खर्च हुने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!