काठमाडौँ, २९ असार । नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आज प्रभातफेरीसहित उनको शालिकमा माल्यार्पण गरिएको छ ।

Advertisement

भानु प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तको शालिकमा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे।

प्रभातफेरी कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान पुगी श्रद्धाञ्जलि सभामा परिणत भएको थियो । भानुजयन्तीका अवसरमा आजै मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नाचघरमा उद्घाटन गर्ने सम्मिलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने दर्जनभन्दा बढी मुलुकका साहित्यकारको सहभागिता रहनेछ ।

विसं १८७१ असार २९ मा तनहुँको चुँदीमा जन्मेका भानुभक्तले वाल्मीकि रामायणलाई नेपालमा अनुवाद गरेका थिए । उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ आदि कृति लोकप्रिय छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!