अनलाइनखबर

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीले एक महिनासम्मको लागि एकमुष्ठ सुन किन्न पाउने भएका छन् । नेपाल राष्ट्र बै‌ंकले ल्याएको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमा व्यापारीले एकमुष्ट सुन किन्न पाउने व्यवस्था गरिएको हो ।

वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण व्यापारीले उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ठ आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

सुनचाँदी व्यवसायीहरुले  राष्ट्र बैंकबाट इजाजतपत्र लिई विदेशी, गैर-आवासीय नेपाली, कुटनीतिक नियोगका पदाधिकारीहरुलाई स्वदेशमै  विदेशी मुद्रामा सुनका गरगहना बिक्री गरेमा त्यसका लागि थप सुन उपलब्ध गराउने पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!