काठमाडौँ, २५ असार । रसिया विश्वकप फुटबल प्रतियोगितामा सफल भविष्यवाणी गरेर चर्चामा आएको एक बिरालोको हत्या गरिएको आश‌कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

समुह चरणमा प्राय सवै खेलका भविष्णवाणी मिलाएर चर्चित बनेको एक खैरौ बिरालोको निधन भएपछि रसियन प्रहरीले त्यसको अनुसन्धान गर्ने जनाएको छ। ‘बिरालोको निधन कसरी भयो भन्ने अहिले अनुसन्धानको विषय बनेको छ।

हामी त्यसको अनुसन्धान गर्छै।’ एक रसियन अधिकारीले भने।विरोलाले अन्तिमपटक अर्जेन्टिना र नाइजेरियाबीचको खेल भविष्यवाणी गरेको थियो। त्यो भविष्यवाणिको दुई सातापछि उसको निधन भयो।

खेल हुनु एक दिनअघि बिरालोको अगाडि दुई वटा कचौरा राखिन्थ्यो। दुवै कचौरा अगाडि झन्डा पनि हुन्थ्यो। कचौरामा केही खानेकुरा पनि हुन्थ्यो। बिरालोले जुन कचौराको खाना खान्थ्यो, खेलमा जित त्यसैको हुने गरेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!