काठमाडौँ, २४ असार । महानगरीय प्रहरी परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजनालाई पक्राउ गरेको छ ।

Advertisement

परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउँदै आएको अवस्थामा काठमाडौँका अमित श्रेष्ठ, निराजन पौडेल, अनिल भण्डारी र तनहुँका प्रमोद रानाभाटलाई शनिबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले विश्वकप फुटबलका नाममा करोडौँ रकम खेलाउने गरेको भन्दै प्रहरीले सट्टेबाजीलाई विशेष अनुसन्धान गरिरहेको बताए । “विभिन्न फुटबल टिमको हारजितमा विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ,”–उनले भने ।

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट चार थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेकालाई अनुसन्धानका लागि हिरासतमा राखिएको महाशाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!