काठमाडौँ, २४ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोल्ने जनाएकोे छ ।

श्रममन्त्री गोकर्णराज विष्ट र मेनपावर व्यवसायीबीच आज मन्त्रालयमा भएको छलफलबाट सो निष्कर्षमा पुगिएको हो । मलेसिया रोजगारीका लागि प्रक्रियामा गइसकेर रोकिएका नेपाली कम्पनीको धरौटी वृद्धिलगायत कामदारका विषयमा कम्पनीका व्यवसायीले राखेका जिज्ञासामा मन्त्री विष्टले भने, “अनधिकृत रुपमा मलेसियाका लागि रकम उठाउने अनधिकृत कम्पनी ब्यूँतने कुनै अवस्था छैन ।”

मन्त्रालयले निर्णय गर्नुपूर्व नै सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृति मात्रै बाँकी रहेकाको हकमा विवरण ल्याउन भने मन्त्रीले आग्रह गरेका छन । अवैध रुपमा ठगी गर्नेमाथि छानबिन जारी रहेको मन्त्री विष्टको भनाइ थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!