काठमाडौँ, २२ असार ।  प्रदेश ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ ।

Advertisement

लामो समय देखि नामका विषयमा बिवादमा आएको प्रदेश ४को नामकरणमा सहमती भएको छ । लामो समयदेखि छलफलमा रहेको प्रदेश ४ को नाममा सत्तापक्षकै तत्कालिन माओवादी मौन बसेपछि लम्बीएको थियो ।

पछिल्लो समयमा प्रदेशको नाम गण्डकी राख्ने सहमती भएको एक सांसदले जनाकारी दिए । संविधानको धारा २ सय ९५ ले प्रदेश नामकरणबारे व्यवस्था गरेको छ।

उक्त धाराको उपधारा २ ले भनेको छ, ‘प्रदेशको नामकरण सम्बन्धित प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट हुनेछ।’ नामकरणबारे प्रदेशसभामा बिहीबारदेखि सुरु छलफलमा भाग लिएका १७ मध्ये १६ जनाले गण्डकीको पक्षमा समर्थन जनाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!