उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) -नेपाली पात्रो 

वि.सं. २०७५ साल असार २१ गते। बिहीबार। इश्वी सन् २०१८ जुलाई ५ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– सप्तमी, २०:०८ बजेउप्रान्त अष्टमी।

Advertisement

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने देखिन्छ। परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। पदासीन व्यक्तिको सहयोग जुट्नेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले नयाँ जिम्मेवारी दिलाउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। केही समय लागे पनि मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर जुट्नेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, भेटघाटले काममा अलमल्याउन सक्छ। विचार नमिल्दा अाफन्तसँग मतभेद हुन सक्छ। निम्तो अाए पनि अातिथ्य खर्चिलो बन्न सक्छ। तापनि मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। उठ्नुपर्नेमध्ये केही रकम रोकिए पनि व्यापारमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले महत्त्वाकांक्षी काम सम्पादन हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजयी भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउला। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। आफन्तबीच आत्मीयतामा कमी आउला। महत्त्वाकांक्षी योजना बीचमा रोकिन सक्छ। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्तत: आफैंलाई फाइदा हुनेछ। व्यापारमा लाभ हुनेछ। अरूको मुख ताक्ने बानीले भने पछि परिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट होला। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो योजना प्रारम्भ गर्न सकिनेछ। व्यापार–व्यवसायमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम सम्पादन गर्न सफल भइनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!