महेन्द्रनगर, धनुषा, २० असार । बाढीपहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं २ को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

Advertisement

केही दिनयताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं २ मा हालसम्म दुई जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढीका कारण गत मंगलबार पर्सा जिल्लाको पर्सा गढी गापा–८ रमौली बस्ने प्रतिमा राम र सुरेन्द्र महतोको मृत्यु भएको थियो । साथै बाढीपहिरोको कारण मृत्यु भएकाहरुको परिवारप्रति मुख्यमन्त्री लालबाबु राउतले हार्दिक संवेदनासमेत व्यक्त गर्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!