कैलाली, २० जेठ । कैलालीको गौरीगंगा नगरपालिका– ११ शिवपुरमा मंगलबार साँझ नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

Advertisement

स्थानीय कटैनी नदीमा साथीको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका आठ वर्षीय छोरा सचिन भुल र सोही स्थानका बाधुराम चौधरीका १२ वर्षीय छोरा अमन चौधरीको करीब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।

नदीको पानीको सतह बढेका कारण पौडी खेल्ने क्रममा मुत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो । मृतक दुवै बालकको शव परीक्षणमा लागि सेती अञ्चल अस्पताल, धनगढी पु¥याइएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!