दमौली, तनहुँ, १९ असार । व्यास नगरपालिका– ६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

Advertisement

मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहँुदै मृत्यु भएको हो । घाइते हुनेमा थापाकै छोरीहरु १२ वर्षीया अस्मिता र आठ वर्षीया सोनिसा छन् ।

उनीहरुलाई सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएकोे प्रहरीले जनाएको छ । माहेन्द्री मार्गमा पर्ने रातमाटामाथिको सालको रुख ढलेर च्यापिँदा ती बालिका घाइते भएका हुन् ।

सिसाघाटस्थित न्यू कालिका एकेडेमी बोर्डिङमा पढ्दै गरेका ती बालिका विद्यालय जाँदै गर्दा रुख ढलेर च्यापिएको जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुग्नुभएका प्रहरी हवल्दार चन्द्रबहादुर रानाले बताउनुभयो ।

वर्षाका कारण जमीन गलेकाले रुख ढलेर ती बालिकामाथि बज्रिएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!