एजेन्सी

काठमाडौँ, १९ असार । जारी विश्वकपमा बेल्जियमले जापानविरूद्ध कठिन जित हात पार्दै क्वाटरफाइनलकाे यात्रा तय गरेकाे छ । यससँगै प्रि-क्वाटरफाइनलमा पुगेकाे एक मात्र एसियाली टोली जापान बाहिरिन बाध्य भएकाे छ । एसियाको अन्तिम आशा जापानमा थियाे तर दुर्भाग्य-  बेल्जियमसँग ३-२ गाेलअन्तरले पराजित हुन पुग्याे ।

Advertisement

नकआउट चरण अन्तरगत साेमबार राति भएकाे खेलमा सुरूमा जापानले अग्रता लिएकाे थियाे, तर अग्रता जोगाउन नसक्दा बाहिरिनुपर्याे । बलियो मानिएको बेल्जियमले जापानविरुद्ध खेल आफ्नो पक्षमा निर्णायक बनाउन अन्तिम मिनेटसम्म संघर्ष गर्नुपर्यो । सुरूदेखि जापानले २-० गोलले बेल्जियमसँग अग्रता बनाएको भए पनि त्याे जाेगाउन सकेन ।

बेल्जियमले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै क्वाटरफाइनलकाे यात्रा तय गरेकाे हाे ।

जापानका लागि खेलकाे ४८ औँ मिनेटमा  गेनकी हारागुचीले र त्यसकाे तीन मिनेटपछि टाकासी इनुले (खेलकाे ५१औँ मिनेट)मा दोस्रो गोल प्रहार गरेर दुर्इ गाेलकाे अग्रता लिएका थिए । तर सुरूमा शुन्य गाेल रहेकाे बेल्जियमले ६९औँ मिनेटमा पहिलाे गोल फर्कायाे । उसका लागि लागि जन भेर्टङ्गनले गाेल गरेर खाता खाेले । त्यसपछि मारोउने फिलाइनीले ७४ औँ मिनेटमा गोल गरेर जापानसँग बराबरी गरे ।

खेलमा निर्णायक गोल गर्नुपहिले बेल्जियमले जापानका केही उत्कृष्ट प्रहारको सामना गर्नुपरेकाे क्षण निकै राेमाञ्चक रह्याे ।बराबरीतर्फ धकेलिएको खेलको अन्तिम मिनेटमा बेल्जियमका नेशर चादलीले गोल गर्दै जित सुनिश्चित गराए ।

समूह- जी को विजेता बेल्जियमले समूह चरणमा पानामालाई ३–०, ट्युनिसियालाई ५–२ तथा इंग्ल्याण्डलाई १–० ले हराएको थियो । अब उसकाे क्वाटरफाइनलमा भेट ब्राजिलसँग हुनेछ । ब्राजिलले साेमबारकै खेलमा मेक्सिकाेलार्इ २-० गाेलले हराएर क्वाटरफाइनलकाे यात्रा तय गरेकाे हाे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!