नयाँदिल्ली, १८ असार । भारतको उत्तरपूर्वी आसाम प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरूको संख्या ३२ पुगेको छ ।

Advertisement

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार केही दिनदेखि आइरहेको बाढी पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गएर ३२ पुगेको हो ।

बाढी पहिरोबाट ६३ हजार जना प्रभावित भएका छन् । प्रभावित हुनेमा अधिकांश पाँच जिल्लाका रहेका छन् ।

अधिकारीहरूले २६ अस्थायी शिविर तथा वितरण केन्द्रहरू बनाएर बाढी प्रभावितहरूलाई आश्रय दिइएको जानकारी दिएका छन् । तीनै केन्द्रहरूबाट पीडितहरूलाई राहत तथा सहयोग वितरण गरिएको छ ।

भारतीय केन्द्रीय गृह मन्त्री राजनाथ सिंहले आसामका मुख्य मन्त्री सर्वानान्द सोनोवाललाई सवै सहयोग उपलब्ध गराइने भएकाले चिन्ता नलिन आश्वस्त पार्नु भएको थियो ।

मौसम विभागका अधिकारीहरूले अझै केही दिन ठूलो वर्षा हुने पूर्वानुमान गरेको समाचारमा जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!