
पोखरा, १८ असार । प्रदेश- ४ को स्थायी राजधानी पोखरामा तोकिएको छ । आइतबारदेखी चलेको प्रदेशको राजधानी नामाकरण गर्ने छलफलको प्रस्ताव दुई तिहाई बहुमतद्वारा पारित भएको छ ।
सोमबार बसेको प्रदेशसभाले बैठले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय गरेको हो ।
प्रदेशसभा बैठकको छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए ।
यसअघि काँग्रेस सभापति शेबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो ।


















