काठमाडाैं । सन् १९८३ मा नेपालले सन् १९८२ मा पहिलोपल्ट विश्वकप खेलेको अफ्रिकी राष्ट्र अल्जेरियासँग मात्र होइन, अर्जेन्टिना र उत्तर कोरियाली टीमसँग पनि भिड्ने मौका पाएको थियो । यति ठूला देशहरूसँग नेपालको यो पहिलो जम्काभेट थियो ।

Advertisement

६० मिनेटसम्म गोलरहित नेपाल र अल्जेरियाबीचको खेल एकाएक शारीरिक भिडन्तमा परिणत भयो । अन्ततः मलेशियाली सुरक्षाकर्मी नै मैदानभित्र पसे र नेपाली खेलाडीलाई कञ्चटमा पेस्तोल ताकेर झगडा नियन्त्रणमा लिए ।

सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि मलेशियाले फूटबलको ठूलो उत्सव गराउने घोषणा गर्‍यो । विदेशी टोली समेतलाई निम्त्याइने गरी आयोजना गरिने प्रतियोगिताको नाम थियो– मर्डेका कप ।

यही प्रतियोगिताको २७औं संस्करणमा भाग लिन नेपाली फूटबल टोली सन् १९८३ मा मलेशिया पुगेको थियो । जहाँ नेपाली टोलीले एकैसाथ तीन फरक अनुभव आत्मसात् गर्न पुगेकाे थियो ।

प्रतियोगितामा धेरैको अनुमान विपरीत, नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो, जुन आजसम्मकै अन्तर्राष्ट्रिय प्रतियोगितामध्येको अब्बल मानिन्छ।  हिमाल खबरपत्रिकामा विशेष रिपाेर्ट छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!