काठमाडौं, १८ असार । काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कोटी छन् । उनी निर्माण मजदुर हुन् ।

Advertisement

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले खोलामा आएको बाढीले बगाउँदा पुर्कोटीको मृत्यु भएको पुष्टि गरे ।

‘महादेव खालाले उनलाई धर्मस्थलीबाट बगाएको थियो । हामीलाई खबर भएलगत्तै खोजीमा टोली परिचालित भएको थियो’, पोखरेलले भने, ‘तर, उनको शव जलंगाको पुल नजिक बगाएर लगेको अवस्थामा भेटिएको छ ।’

हाल उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ हस्पिटल, महाराजगञ्ज पठाइएको परिसरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!