काठमाडौँ, १८ असार । देशका अधिकांश भागमा भारी वर्षा भइरहेको छ । वर्षातका कारण बाढीपहिरोको जोखिम बढेको छ ।  मौसम विभागले  पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरी सर्तक रहन आग्रह गरेको छ ।

Advertisement

विभागले सोमबार पूर्वमा झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराह, सर्लाही, धनुषा, महोत्तरी, रौतहट, नवलपरासी, कपिलबस्तु, रुपन्देही, दाङ, बाँके, बदिर्या कैलाली जिल्लावासीलाई सतर्क रहन  आग्रह गरेको छ।  यी जिल्लाबाट बहने प्राय सबै चुरेबाट बहने साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

मौसम विभागका अनुसार सोमबार कन्त्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली सबैमुख्य नदीहरुमा बहाब बढ्दो क्रममा छ । पश्चिममा मोहना, बबई, पश्चिम राप्ती आसपासका साना नदी जलाधारमा भारी वर्षा भइरहेको छ । यी क्षेत्रमा   सतह खतराको संभावना रहेको विभागले जनाएको छ।

त्यस्तै पूर्व तथा मध्य भागबाट बहने नदीहरू मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बुढीखोला, त्रियुगा, खाडो, गागन, लालबकै या, कमला, पुविा राप्ती, बागमती, ररउखोला लगायत चुरे आसपास बाट बहने सबै नदीहरूमा सतह सत तथा तह आसपास हुने र केहीमा खतरा भन्त्दा माथी हुने अनुमान विभागले गरेको छ ।

विभागका अनुसार भोलि कोसी, नारायणी, कर्णाली र महाकालीका शाखा नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा सतका तह पुग्ने अनुमान गरिएको छ ।  यसैगरी महाभारत र चुरेबाट बहने पूर्वी र मध्यभागका नदीहरू  विरिङ, कन्काई, कमला, खाडो, गागन, रातु, बागमती, लगायतमा भोलि सजग हुनुपर्ने महाशाखाले उल्लेख गरेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!