मलेखु, धादिङ, १८ असार । बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ ।

Advertisement

घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए।

हत्यापछि फरार भएका अभियुक्तको खोजी भइरहेको र प्रहरीको व्यापक परिचालन गरिएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुलेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!