
काठमाडौँ, १७ जेठ । सन् १९७० को विश्वकप फुटबलको ‘नक आउट’ चरणयता सबैभन्दा बढी गोल भएको रुस विश्वकपअन्तर्गत शनिबार राति भएका खेलहरूमा विश्वका दुई सर्वाधिक चर्चित खेलाडीहरू गोल गर्न विफल भएका छन्।
लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले आफ्ना टोलीका लागि निर्णायक प्रभाव छाड्न नसक्दा आर्जेन्टिना र पोर्चुगलको विश्वकपको यात्रा समाप्त भएको छ।
शनिवार रातिका खेलमा आर्जेन्टिना फ्रान्ससँग चार-तीन गोल अन्तरले र पोर्चुगल युरुग्वेसँग दुई एक-गोल अन्तरले पराजित भएको थियो।
यो बहिर्गमनसँगै ३१ वर्षीय मेस्सी र ३३ वर्षीय रोनाल्डोले आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा प्रस्तुत गर्न सक्ने सम्भावना लगभग सकिएको छ।
मेस्सीको बहिर्गमन निराशाजनक
फ्रान्ससँगको प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेपछि मैदानबाट बाहिर निस्किँदै गर्दा मेस्सीले पखुरामा बाँधेको कप्तानको पट्टी फुकालेर हातमा लिएका थिए।
सुरुङ हुँदै बाहिर निस्कने क्रममा उनले एक पटक पनि पछाडि फर्केएर हेरेनन्।
‘विश्वकप नजितेपनि मेस्सी महान्’
उनले आफ्नो तर्फबाट सबै थोक दिएका थिए। एक दमै रोमाञ्चक र नाटकीय खेलमा उनले दुईवटा गोलका लागि मद्दत गरेका थिए। तर त्यो पर्याप्त भएन।
जर्मनीका विश्वकप विजेता यार्गेन क्लिन्समेन भन्छन्, आर्जेन्टिनाले मेस्सीलाई वास्तवमा कहिल्यै चिन्नै सकेन। यसपटक पनि एकदमै उथलपुथल पूर्ण विश्वकप यात्रामा मेस्सीले आर्जेन्टिनाको अपेक्षालाई आफ्नो काँधमा लिएका थिए।
क्लिन्समेन भन्छन्, “पहिलो हाफमा उनी एक्लो देखिन्थे, दोस्रो हाफमा त उनले मुश्किलले बल छोए।”
दुःखद
र्जेन्टिना बार्सिलोना क्लबका खेलाडीहरूले जसरी मेस्सीलाई नियमित रूपमा बल दिन विफल देखिएको थियो।
फ्रान्सविरुद्धको खेलमा ‘बक्स’ क्षेत्रमा उनले जम्मा चार पटक बल छोएका थिए र एक पटक फ्रान्सविरुद्ध गोलपोष्टमा आक्रमण गरेका थिए।
सन् २०१६ मा राष्ट्रिय टोलीबाट सन्यास लिएको घोषणा गरेका मेस्सीले पुन: त्यसलाई उल्टाएका थिए।
एकजना स्पेनी फुटबल विशेषज्ञ भन्छन्, “मेस्सी जस्ता सम्भवतः महान् खेलाडी घर गएको देख्नु दुःखद अवस्था हो। उनलाई थाहा थियो कि यस्तो टोली लिएर उनले विश्वकपमा केही गर्न सक्ने छैनन्। आर्जेन्टिना भावनाले जोडिएको थियो। तर टोली पूर्ण रूपमा भद्रगोलको अवस्थामा थियो।”
आइसल्याण्डविरुद्धको पहिलो खेलमा पेनाल्टीमार्फत गोल हान्ने अवसर गुमाए र क्रोएसियाविरुद्धको खेलअघि राष्ट्रियगान बजिरहँदा उनी तनावमा देखिएका थिए।
उत्कृष्ट
तर नाइजेरियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले आफ्नो टोलीलाई अन्तिम १६ सम्म डोर्याए।
सन् २००६ को विश्वकपयता ७५६ मिनेट नकआउट चरणका खेल खेलेका मेस्सीले अहिलेसम्म हारसँगै प्रतियोगिताबाट बाहिरिनुपर्ने खेलहरूमा गोल गर्न सकेका छैनन्।















