काठमाडौँ, १७ जेठ । रसियामा जारी विश्व कपको गएराती भएको नक आउट चरणको दोस्रो खेलमा पोर्चुगल उरुग्वेसँग २–१ गोलले हार व्यहोर्याे ।

Advertisement

यससँग उरुग्वे क्वाटरफाइनलमा प्रबेश गरेको छ भने पोर्चुगल नक आउट चरणबाटै बाहिरिएको छ । उरुग्वेको क्वाटरफाईनलको यो यात्रा ८ वर्षपछिको हो ।

खेलको सातौँ मिनेटमा १–० गोलले अग्रता लिएको उरुग्वे विरुद्ध पोर्चुगलले खेलको ५५ औँ मिनेटमा गोल फर्काउँदै बराबरीमा खेल ल्यायो ।

खेलको ६२ औँ मिनेटमा उरुग्वेका अर्काे गोलले पोर्चुगललाई बाहिरिन र आफूलाई अर्काे चरणमा पुर्याउन उरुग्वेलाई सहज बनायो ।

दुबै गोल उरुग्वेका एडिन्सन काभानीले गरेका थिए भने पोर्चुगलका लागि डिफेन्डर पेपेले पहिलो खाता खोले ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!