झापा, १४ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाउँ गाउँमा सञ्चार सुविधा विस्तार गरिने बताउनुभएको छ ।

Advertisement

अर्जुनधारा नगरपालिकास्थित खुदुनाबारीमा नेपाल टेलिकमको ल्याण्डलाइन सेवा विस्तारको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले कुनै पनि नागरिक सञ्चारको सुविधाबाट वञ्चित नहुने बताउनुभयो । उहाँले समृद्धिका लागि सञ्चारको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको विस्तार मुलुकको दूरदराजसम्म हुनुपर्नेमा जोड दिनुभयो ।

अर्जुनधारा–२ र ३ वडाका बासिन्दालाई लक्ष्य गरेर १४४ ल्याण्डलाइन क्षमताको ‘एएमएसएजी सिस्टम’ जडान गरिएको नेपाल टेलिकम बिर्तामोडका वरिष्ठ इञ्जिनीयर सुधीरकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आज ०२३–४२०००० नम्बरको ल्याण्डलाइनबाट फोन गरेर मन्त्री बाँस्कोटाले सेवाको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामनी राजभण्डारी, टेलिकम बिर्तामोडका कार्यालय प्रमुख मिलन जोशीलगायतले मन्तव्य राख्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!