काठमाडौँ, १४ असार । भौतिकशास्त्रका प्रा. डा. बलराम जोशीको स्मृतिमा स्थापित ‘डा बलराम जोशी सुयोग्य शिक्षक पुरस्कार’ प्रा डा वासुदेव त्रिपाठीलाई अर्पण गरिएको छ ।

तीन दशकभन्दा बढी त्रिविवि नेपाली केन्द्रीय विभागमा शिक्षण एवं नेपाली भाषासाहित्यका समालोचना, कथा, कविता आदि विधामा योगदान पु¥याएवापत प्रा डा त्रिपाठीलाई अर्पण गरिएको सो पुरस्कारको राशि रु २५ हजार १०१ तथा साथमा सम्मानपत्र छ ।

यसैगरी डा बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानद्वारा स्थापित ‘चन्द्रकुमारी हिमालयराज जोशी स्वास्थ्य सेवा कोष सम्मान’ मानव सेवा आश्रम काठमाडौँका संयोजक सुमन बर्ताैला, ‘दीपकुमारी पीताम्बरप्रसाद पन्त समाजसेवा कोष सम्मान सहयोग’ सुकेधारास्थित न्यूनदृष्टियुक्त व्यक्ति बस्ने छात्रावास सञ्चालक सीता सुवेदी र ‘वरिष्ठ अधिवक्ता कृष्णप्रसाद पन्त पुरस्कार’ वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठलाई अर्पण गरिएको छ । ती पुरस्कारको राशि रु २५ हजार १०१ सहित सम्मानपत्र छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अंगुरबाबा जोशीले विसं २०७४÷७५का ती पुरस्कार एवं सम्मान समर्पण गर्नुभएको थियो ।

यसअघि प्रतिष्ठानद्वारा नै स्थापित ‘डा बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार’ वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटालाई उहाँको देहावसान हुनुअघि नै अर्पण गरिएको थियो । सो पुरस्कारको राशि रु ५० हजार १०१ छ ।

कार्यक्रममा संस्थापिका अध्यक्ष जोशीले समाज सेवा नै उत्तम मानवीय कर्म हो भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!