काठमाडौँ, १४ असार ।  विश्वकप फुटबलकाे समूह-ई बाट ब्राजिल विजेता बन्दै दाेस्राे (नकअाउट) चरणमा प्रवेश गरेकाे छ ।

Advertisement

बुधबार राति भएको खेलमा सर्बियालाई २–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । कोष्टारिकासँग २–२ को बराबरी खेलेको स्वीट्जरल्याण्ड भने समूह र्इको उपविजेता बनेको छ ।

ब्राजिलले सर्बियालार्इ २-० स्काेरले हराउँदै तथा  स्विट्जरल्यान्डले कोस्टारिकासँग बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

ब्राजिल समूहमा एक खेल बराबरी र दुई खेलमा जित हासिल गर्दै ७ अंक जोडेर समूह विजेता बनेकाे हाे । उता स्विट्जरल्यान्ड एक खेलमा जित हात पार्दै तथा दुई खेलमा बराबरी खेलेर ५ अंक जोड्दै समूहको उपविजेता बनेकाे हाे ।

बुधबार राति भएकाे खेलमा ब्राजिलले २ गोल गर्दा सर्बियाले एउटै गाेल फर्काउन सकेन । उता स्वीट्जरल्याण्डले कोस्टारिकासँग २-२ को स्काेर बनाउँदै मुस्किलले समुहकाे उपविजेता बन्न सक्याे ।

खेलको ३६ औँ मिनेटमा ब्राजिलका पाउलिन्होले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। खेलको ६८ औँ मिनेटमा ब्राजिलका थिएगो सिल्भाले दोस्रो गोल गरेसँगै उसकाे जित निश्चित भयाे ।

सबैकाे अाश केन्द्रित भएका नेइमारले भने बुधबारकाे खेलमा एउटै पनि गाेल गर्न सकेनन् । पाउलिन्हो भने म्यान अफ द म्याच घाेषित भए।

उता, स्विट्जरल्यान्डका ब्लेरिम डिजेमेलीले खेलको ३१ औँ मिनेटमा पहिलो गोल भने कोस्टारिकामा केन्डल वास्टनले खेलको ५६ ओँ मिनेटमा गोल फर्काएर खेललाई बराबरीमा राेके ।

खेलकाे ८८ औँ मिनेटमा जोसिप डिर्मिकले स्विट्जरल्यान्डका लागि दाेस्राे गाेल गरेर अग्रता दिलाए तर तर, कोस्टारिकाका यान सोम्मरले ९३ औँ मिनेटमा गरेको गोलले खेल २-२ को बराबरीमा राेकियाे ।

स्विट्जरल्यान्डका गोलकिपर यान सोमिरले खेलको अन्तिम समयमा आत्मघाती गोल गरेपछि  काेस्टारिकाले गाेलकाे अवसर पाएकाे थियाे । यस म्याचकाे म्यान अफ द म्याच डिजेमाली बने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!