काठमाडौँ, १३ असार । पुँजी–निक्षेप–कर्जा (सीसीडी) रेसियोको सीमा हटाउन बैंकहरूले माग गरेका छन्। सीसीडी रेसियोका कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव भएको भन्दै उनीहरूले राष्ट्र बैंकसँग यस्तो माग राखेका हुन्। राष्ट्र बैंकले हाल २० प्रतिशत सीसीडी रेसियोको सीमा राख्नुपर्ने व्यवस्था गरेको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस्तो सीमाका कारण बैंकसँग पैसा भए पनि लगानी गर्न नपाएको बताए। संघका अनुसार आगामी आवको मौद्रिक नीतिमार्फत सीसीडी रेसियोको सीमा नराख्न र नयाँ व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिएको हो।
अहिले बैंकसँग भएको पुँजीको ८० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था छ।लिक्विडिटी कभरेज रेसियो वासेल थ्रीले समेटेको अवस्थामा सीसीडी रेसियो नपर्ने हो कि भन्ने बैंकर्सको माग आएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए।
बैंकर्सबाट यस्तो सुझाव आए पनि यसमा परिवर्तन नहोला’, उनले भने। योलगायत अन्य विषयमा राष्ट्र बैंकले विभागीय छलफल गरिरहेको छ।बैंकहरूले उत्पादनशील क्षेत्रमा प्रवाह गरिएको कर्जाको ५० प्रतिशतसम्म कर्जा, पुँजी तथा निक्षेप अनुपातमा गणना नगर्ने विगतको नीति पुनः लागू गर्न समेत माग गरेका छन्।
यसबाट ऋण दिनयोग्य रकममा केही थप रकम उपलब्ध हुने संघको बुझाइ छ।बैंकर्सले कर्जाको माग व्यवस्थापन गर्न अनिवार्य नगद अनुपात ९सीआरआर० को सीमा ५ प्रतिशतमा झार्न माग गरेको छ। हाल राष्ट्र बैंकले वाणिज्य बैंकका लागि ६ प्रतिशत, विकास बैंकका लागि ५ प्रतिशत र वित्त कम्पनीका लागि ४ प्रतिशत सीआरआरको प्रावधान रोखको छ।