काठमाडौँ, ११ असार । विश्वकप फुटबलमा आयोजक रसियालाई हराउँदै उरुग्वे समूह विजेता बनेको छ । सोमबार भएको खेलमा रसियालाई ३-० ले हराउँदै उरुग्वे समूह एको विजेता बनेको हो ।

Advertisement

दुवै टोली यसअघि नै नकआउट चरणका लागि छनौट भइसकेको अवस्थामा आजको खेलले समूह विजेताको मात्र निर्धारण गर्ने थियो ।

दुवै टोलीले यसअघिका खेलहरुमा जीत हासिल गरेको थियो ।

प्रतियोगितामा फिफा बरियताको आधारमा सबैभन्दा कमजोर टोली भए पनि शुरुवाती दुई खेलमा अप्रत्यत्यासित नतिजा निकालेको आयोजक टोलीले उरुग्वेलाई कडा टक्कर दिने आशा गरिएको थियो ।

तर, खेलको १० औँ मिनेटमा रुस पछाडि पर्न गयो । लुइस सुवारेजले फ्रिकिकमार्फत गोल गर्दै दक्षिण अमेरिकी टोलीलाई अग्रता दिलाए ।

खेलको २३ औँ मिनेटमा उरुग्वेको प्रहार डेनिस चेरसेभलाई लाग्दै आफ्नै आत्मघाती गोल भएपछि रुस २ गोलले पछि पर्न पुग्यो । खेलमा फर्कने प्रयास गरिरहँदा इगोर स्मोलनिकोभले दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएपछि रुस झन दबाबमा पर्यो ।

खेलको अन्त्यतिर एडिसन कभानीले उरुग्वेका लागि तेस्रो गोल थपे । अब समूह विजेता बन्दै उरुग्वेले नकआउट चरणमा समूह बीको उपविजेतासँग ३० जुनमा भिड्ने छ । रुस उपविजेता बन्दै समूह बी को विजेतासँग भिड्नुपर्नेछ । यो खेल १ जुलाईको दिन मस्कोमा हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!