काठमाडौँ, ११ असार । नेपाल दुरसञ्चार प्राधिकरणले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी गरेको छ ।

Advertisement

प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने तयारी भईरहेको जानकारी दिएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धि एक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले प्राधिकरणले सबै जिल्ला सदरमुकामसहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा दूरसञ्चारको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पारे ।

प्राधिकरणले दुरसञ्चार सेवालाई गुणस्तरीय बनाउने दावी पनि गर्दै आएको छ । तर त्यसका लागि केही समय लाग्ने प्राधिकरणका वरिष्ठ निर्देशक खनालको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!