रियाद, १० असार । साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् ।

Advertisement

शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका प्राप्त समाचारमा जनाइएको छ ।

महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो । साउदी अरबमा पनि महिलाहरुलाई सवारी साधन लगाउन पाउने व्यवस्थालाई धेरैले एउटा महत्वपूर्ण घटनाको रुपमा लिएका छन् ।

साउदी अरबका युवराज मोहम्मद बिन सल्मानले यहाँका महिलाले सवारी चलाउन नपाउने कानुनलाई रुढीबादी संस्कार भन्दै आफ्नो मुलुकलाई पनि आधुनिकतातर्फ लान यस्तो कदम चालेको बताउनुभएको थियो ।

सवारी साधन चलाउने अनुमती पाएसँगै राजधानी रियाद सहितका प्रमुख शहरहरुमा महिलाहरुले विहानैदेखि सवारी साधन चलाउन थालेका छन् । “मलाई यो दिन आउछ भन्ने पहिले नै थाहा थियो, तर सोचेभन्दा केही चाँडो आयो,” एकजना कार्यक्रम सञ्चालक तथा लेखक समर अल्मोग्रेनले भन्नुभयो ।

उहाँको थप भनाई थियो– मैले यो व्यवस्थासँगै आकाशमा उड्ने चराजस्तै निकै ठूलो स्वतन्त्रताको महसुस गरेको छु । झण्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ । यहाँ यसै महिनाको शुरूमा पहिलो पटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो ।

महिलालाई सवारी चलाउन दिने घोषणा भने अघिल्लो सेप्टेम्बर महिनामा नै गरिएको थियो । त्यसपछि यहाँका महिलालाई सवारी अनुमतिपत्रका लागि तालिम दिने क्रम शुरु गरिएको थियो ।

महिलाहरूले सवारी साधन चलाउन पाउनुपर्ने मागसहित अधिकारवादीहरूले लामो समयदेखि साउदीमा अभियान चलाइरहेका थिए ।अनुमती नभएको समयमा पनि महिलाले सवारी चलाएको भन्दै सन् १९९० मा साउदी अरेबियाको शहर रियादबाट दर्जनौँ महिला पक्राउ परेका थिए ।

साउदीको विद्यमान कानूनअनुसार यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानूनमा संशोधनगरी युवराजले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन् ।

नयाँ अधिकार पाएसँगै कैयौँ महिलाले सवारी साधन चलाउने तालिम लिएका र सवारी चालक अनुमतिपत्र लिएका समाचारमा जनाइएको छ ।संयुक्तराज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन् ।

उनीहरुले राजाको यो कदमले साउदी अरेबियाका महिलाले केही मात्रामा भए पनि अधिकार प्राप्त गरेका तर्क दिएका पनि विश्वका विभिन्न देशका महिला अधिकारकर्मी तथा संघसंस्थाहरुले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!